काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट
बालेन शाहले कर्मचारीलाई नियमविपरीत निलम्बन गरेको खुलासा
मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ : बालेन शाह
महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार हो, दुवैलाई बचाउँछ : बालेन शाह
सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगरपालिका तयार : बालेन शाह
बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ