काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ४ बजेदभरतपुर महानगरपालिका-११ स्थित लामिछाने बसेको घरको छतबाट खसेका लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका हुन्।
छतबाट खस्दा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भन्ने दिलबहादुरको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।
गम्भीर घाइते भएको अवस्थामा थापालाई पुरानो मेडिकल कलेजमा भर्ना गरेर उपचार भइरहेको प्रवक्ता पण्डितले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थापा रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै छतमा सुतेका खुलेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि