काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् ।
केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ