काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो ।
अर्याल दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी
डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
डीपी अर्याललाई सभामुख बनाउने सहमति
सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल