राष्ट्रिय परिचयपत्र अमान्य भन्दै रास्वपाका उपसभापति विमानस्थलबाट फर्काइए

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १३ : ५२
राष्ट्रिय परिचयपत्र अमान्य भन्दै रास्वपाका उपसभापति विमानस्थलबाट फर्काइए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो ।

अर्याल दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस