म्यान्चेस्टर र सेभिया बराबरीमा

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, ११ : ३३
म्यान्चेस्टर र सेभिया बराबरीमा

काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाईटेड र सेभियाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र सेभियाले २–२ गोलको बराबरी खेलेका हुन् । दोस्रो हाफमा दुई आत्मघाती गोल व्यहोरेपछि युनाईटेडले बराबरीमा रोकिएको हो । खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा सबिट्जरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २–० को अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा युनाईटेडका ट्रेल मालासियाले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा आएकाे हाे । त्यसपछि खेलको इन्जुरी समयमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लिग यहि अप्रिल २१ मा हुने भएकाे छ । खेल सेभियाको मैदानमा हुने भएकाे छ।

प्रतिक्रिया दिनुहोस