चितवन । देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा न्युन देखिएको छ ।
महालेखापरीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदन ०७९ अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो । भरतपुरको बेरुजु ०.०९ प्रतिशत मात्रै छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ऐन, कानुन, कार्यविधि, मापदण्ड, बमोजिम खर्च गर्ने परिपाटीले कम बेरुजू आएको बताइन ।
सुदृढ अन्तरिक नियन्त्रण प्रणाली, पारदर्शी कार्यशैली, तहगत अनुगमन संयन्त्र बनाएकाले न्युन बेरुजु आएको उल्लेख गरिन ।
महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले गतिशिल, पारदर्शी एवम् स्वच्छ नेतृत्व र लेखा समितिको कृयाशिलताका कारण न्युन बेरुजु आएको जानकारी दिए ।
भरतपुर महानगरपालिकाले बेरुजु फर्छौयोटको लागि महानगरपालिकाले बेरुजु फर्छौयोट अभियान नै सञ्चालन गरेको छ । जसको लागि फोकल पर्सन तोकी बेरुजु फर्छौयोटको काम गर्दै आएको छ ।
आगमी दिनमा बेरुजु फर्छौयोट सेल स्थापना गरी अगाडि बढ्ने महानगरपालिका प्रमुख दाहालले बताइन । सेलले विगत आर्थिक वर्षको सबै बेरुजुलाई फर्छौयोट गर्दै जाने महानगरपालिकाले जनाएको छ ।
कार्यालयको तथ्याङक अनुसार ६ महानगरमध्ये वीरगञ्ज महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ । वीरगञ्ज महानगरपालिकाको सबैभन्दा बढी ९.१२ प्रतिशत रहेको छ ।
वीरगञ्जपछि ललितपुर महानगरमा धेरै बेरुजु रहेको छ । ललितपुरको ७.०४ प्रतिशत बेरुजु देखिएको छ ।उता पोखराको ५.५४ प्रतिशत, विराटनगरको ३.९२ प्रतिशत र काठमाडौँको २.६० प्रतिशत रहेको छ ।
महानगरको समग्र बेरुजु ४.३२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ६ महानगरपालिको ६७ अर्ब २१ करोड ४० लाख लेखा परीक्षण रकममध्ये यसवर्षको बेरुजु २ अर्ब ९० करोड १३ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०१ बैशाख २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना