दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अडकिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ।
उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ बैशाख २०८०, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक महिला मृतावस्था फेला
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक