काठमाडौं । ब्याजदर घटाउन बैंकर्स संघको निर्णयसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो । राष्ट्र बैंकको उक्त भनाइले आगामी दिनमा कसिलो नीति विस्तारै खुकुलो बनाउने विश्वास र १ वैशाखदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाउने बैंकर्सको सहमतिले सेयर बजारमा हरियाली छाएको हो ।
साताको चौथो कारोकार दिन बुधबार बजार परिसूचक नेप्से ४.९३ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्से ९२.२२ अंकले वृद्धि हुँदा १९६३.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार बैंकिङ उपसूचक नै ५.४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६.८४ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि हुँदा पनि कारोबारा रकमले भने लगानीकर्तामा अझै विशवस्त हुन नसकेको देखाउँछ । जसले गर्दा कारोमार रकम २ अर्ब पनि पुग्न सकेन । बुधबार ४७ हजार २८५ वटा कारोबारमा ६१ लाख ७ हजार ४२५ कित्ता सूचीकृत धितोपत्र कारोकार हुँदा १ अर्ब ९७ करोड ६१ लाखको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड ३० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य पनि बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार