तनहुँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे ।
“भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भने । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले जिकिर गरे ।
नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उनले आफू त्यसैमा केन्द्रित भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह