सिन्धुली । गएराति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- ३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बी आर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। कारमा पाँच जना सवार थिए। मृतक चारैजना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरू तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।
राजमार्गको भीर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन। ‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने।
शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए। कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु