काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।
आचार्यको विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका थिए । प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति