काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन्।
बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले उल्लेख गरेका छन्।
काठमाडौं महानगरपालिकाको कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाहको भनाइ छ।
‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न। पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी