धनगढीबाट लागूऔषधसहित चार युवा पक्राउ

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, १९ : ४६
धनगढीबाट लागूऔषधसहित चार युवा पक्राउ

धनगढी । कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित चार युवालाई पक्राउ गरेको छ। धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागुऔषध ओसापसार, विक्रीवितरण सेवनमा संकग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। लागुऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरु दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ। लागुऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस