रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, १६ : ४६
रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट

 रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१  भन्दा बढी घर जलेर नष्ट भएको छ ।

माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको छ ।

आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस