काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ।यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।
कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।यसैगरी, नेप्से सुचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरुको ५ करोड ७८ लाखको कारोबार गरेको छ । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सुचकको २.३५ प्रतिशतलेमूल्य घटेको छ ।कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार