रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ। आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ। शनिबार उनी ससुराली कटहरीया आएका थिए। ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो साढे दुई बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए।
पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए। इलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले बलात्कारका आरोपी भारतीय नागरिक सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ