एजेन्सी । बैङ्कक थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।
‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।
थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ ।
गत अक्टोबरमा उत्तर पूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए ।
गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार
सप्तरीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु
पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो
टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते