चितवन। भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए अनुसार शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको एसपी कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो