काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताएको छ । महामन्त्री मुकुल ढकालले पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए ।
शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ ।
बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन्’, ढकालले सञ्चारकर्मीहरुलाई भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज