संसद र सिंगो देशलाई उपेन्द्र यादवको खाँचो छः माधवकुमार नेपाल

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, १३ : ४२
संसद र सिंगो देशलाई उपेन्द्र यादवको खाँचो छः माधवकुमार नेपाल

बारा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यक्ता अपरिहार्य रहेको औल्याएका हुन्।बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए।

बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन्।जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने,सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु।

प्रतिक्रिया दिनुहोस