तनहुँ । तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले आफूले जालझेलको राजनीति गर्न नजानेको बताएका छन् । उनले आफ्नो राजनीति देश र जनताको हितका लागि भएको बताए । बुधवार प्रेस चौतरी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ । तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’, उनले भने ।
आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै उनले देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने दावी गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुशी ल्याउने काम मात्र गर्नेछु’ उनले भने । राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले संसदको रुपमा प्रभावकारी काम गर्न सक्ने उनले दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १४ : ४७
लेखकबाट थप