चितवन । चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् ।
मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको कार्यालयमा दाबी विरोधको उजुरी दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले पनि लामिछानेविरुद्ध उजुरी दर्ता गराएका छन् ।
यसैगरी काठमाडौंबाट युवराज पौडेल (सफm)ले ई–मेलबाट उजुरी दर्ता गराएका छन् । उजुरीमा नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भनिएको छ । साथै, लामिछानेले माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको नदेखिएको पनि उजुरीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ चैत्र २०७९, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने अदालत उपस्थित
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
रवि लामिछाने आज रिहा हुँदै