चितवन । चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् ।
मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले लामिछानेविरुद्ध मुख्य निर्वचन अधिकृतको कार्यालयमा दाबी विरोधको उजुरी दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले पनि लामिछानेविरुद्ध उजुरी दर्ता गराएका छन् ।
यसैगरी काठमाडौंबाट युवराज पौडेल (सफm)ले ई–मेलबाट उजुरी दर्ता गराएका छन् । उजुरीमा नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भनिएको छ । साथै, लामिछानेले माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको नदेखिएको पनि उजुरीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ चैत्र २०७९, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि