एजेन्सी। अमेरिकाको दक्षिण र पूर्वमा आएका आँधीबेहरीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले खबर दिएको छ । खतरनाक आँधीका कारण दर्जनौं अन्य मानिस घाइते भएका छन् । आँधीले सबभन्दा बढी प्रभावित पारेको टेनेसी राज्यलाई हो । त्यहाँ आँधीकै कारण सातजनाको मृत्यु भएको छ ।
त्यसबाहेक आर्कान्सास, मिसिसिपी, अलबामा, इन्डियाना र इलिनोइमा १४ जनाको मृत्यु भएको छ । आँधी अहिले अमेरिकाको पूर्वी तटतर्फ गइरहेको र त्यसले चट्याङ, असिना र चर्को हावा ल्याउने बताइएको छ । आँधीका कारण कैयौं घर ध्वस्त भएका छन् । बिजुलीको आपूर्ति रोकिएको छ भने रुखहरू भुइँबाट उखेलिएका छन् । उत्तरपूर्वी आर्कान्सासको विन शहर पूर्वबाट पश्चिमतर्फ आधा काटिएको त्यहाँकी मेयर जेनिफर हब्सले बताएकी छन् ।शनिवार ६ लाख १० हजारभन्दा बढी घरमा बिजुली नपुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य