एजेन्सी। अमेरिकाको दक्षिण र पूर्वमा आएका आँधीबेहरीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले खबर दिएको छ । खतरनाक आँधीका कारण दर्जनौं अन्य मानिस घाइते भएका छन् । आँधीले सबभन्दा बढी प्रभावित पारेको टेनेसी राज्यलाई हो । त्यहाँ आँधीकै कारण सातजनाको मृत्यु भएको छ ।
त्यसबाहेक आर्कान्सास, मिसिसिपी, अलबामा, इन्डियाना र इलिनोइमा १४ जनाको मृत्यु भएको छ । आँधी अहिले अमेरिकाको पूर्वी तटतर्फ गइरहेको र त्यसले चट्याङ, असिना र चर्को हावा ल्याउने बताइएको छ । आँधीका कारण कैयौं घर ध्वस्त भएका छन् । बिजुलीको आपूर्ति रोकिएको छ भने रुखहरू भुइँबाट उखेलिएका छन् । उत्तरपूर्वी आर्कान्सासको विन शहर पूर्वबाट पश्चिमतर्फ आधा काटिएको त्यहाँकी मेयर जेनिफर हब्सले बताएकी छन् ।शनिवार ६ लाख १० हजारभन्दा बढी घरमा बिजुली नपुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स