रामेछाप । बोलेरो जीप दुर्घटना हुँदा रामेछापमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
खाँडादेवी गाउँपालिका- १ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने सात जना घाइते भएका हुन्।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी- ७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जीप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाैँ जाँदै गरेको थियो।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते