रामेछाप । बोलेरो जीप दुर्घटना हुँदा रामेछापमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
खाँडादेवी गाउँपालिका- १ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने सात जना घाइते भएका हुन्।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी- ७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जीप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाैँ जाँदै गरेको थियो।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु