काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे । उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए ।
उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए । उनले तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे । उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।
प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड