वासिङटन । रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् । पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
एकतीस वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो । रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ । रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो । शोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ