काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
रास्वपाले चितवन क्षेत्र नं २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा रुपक विक घिमिरे तथा बारा क्षेत्र नं २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । सो पार्टीले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय आज दिउँसो ११ बजेसम्मका लागि तय गरेको प्रवक्ता डा ढकालले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी