काठमाडौ । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
बिहीबार साँझ हरिपूर्वा ३ धनकौलमा ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जका करिब ३० वर्षीय प्रमेश्वर महतो र सोही ठाउँका करिब ५५ वर्षीय चरित्रबहादुर काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
दुवैको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्ररम्भिक अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु