काठमाडौ । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
बिहीबार साँझ हरिपूर्वा ३ धनकौलमा ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जका करिब ३० वर्षीय प्रमेश्वर महतो र सोही ठाउँका करिब ५५ वर्षीय चरित्रबहादुर काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
दुवैको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्ररम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु