मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा

सफल खबर संवाददाता

विहीबार, १६ चैत्र २०७९, १६ : २९
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेताहरु बालुवाटार प्रवेश गरेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास प्रवेश गरेका हुन् । 

आजै मन्त्रीहरुको भागवण्डा टुंगो लगाएर सपथ लिने तयारी गरिएको छ । त्यसैले, शीर्ष नेताहरु बालुवाटार पुगेका हुन् । प्राय सबै मन्त्रालयको भागवण्डा भईसकेपनि एकाध मन्त्रालयमा दोहोरो दाबी भएकाले सहमती हुन सकेको छैन । आज बस्ने बैठकले सबै मन्त्रालयको  भागवण्डा टुंगो लगाउने बताएको छ । यदी शीर्ष नेतृत्व तहमा सहमती नभए भोलि मात्रै नयाँ मन्त्रीहरुको सथप हुन सक्ने अनुमान  गरिएको छ । 

प्रधानमन्त्री प्रचण्ड चितवन पुगेर भर्खरै काठमाडौं आएका हुन् । आज विहान समेत शीर्ष नेताहरुले मन्त्रालय भागवण्डाका विषयमा छलफल गरेका थिए । मन्त्रालय भागवण्डामा सहमती हुन नसकेपछि पुनः अहिले निर्णायक छलफल सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस