रौतहट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई भित्तामा पुर्याउँछौ भन्नेहरू अहिले आफै कुनामा पुगेको दाबी गरेका छन् । रौतहटको सदरमुकाम गौरमा आयोजित मिसन ग्रास रुट अभियान अन्तरगत जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू तर्फ सङ्केत गर्दै आफ्नो हैसियत नहेरी एमालेलाई भित्ता पुर्याउने दिवा सपना देखेको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता पोखरेलले एमालेप्रति जनताको माया र विश्वासको आधारमा समानुपातिक मततर्फ एमाले देशकै पहिलो पार्टी भएको स्पष्ट पारे। अब आउने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने गरी काम गरिरहेको उनले बताए । मिसन ग्रास रुटको मुख्य उद्देश्य तल्लो तहका कार्यकर्ताहरूको समस्याको समाधान र पार्टीलाई तल देखि नै बलियो बनाउनु रहेको उनको भनाई छ।
कार्यक्रममा केन्द्रीय कमिटी तथा प्रदेशका इन्चार्ज सचिव रघुवीर महासेठले नेकपा एमाले पार्टीलाई सालको रुखको संज्ञा दिए ।महासेठले मिसन ग्रास रुट कार्यक्रमले पार्टी झन् बलियो बन्दै गएको बताए । एमाले पार्टी सबैको पार्टी भएकै कारण मधेसमा एमाले पहिलो पार्टी बनेको सचिव महासेठको भनाई रहेको थियो ।
सोही अवसरमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका युवा नेता बाबुराम दाहालले नेकपा एसका अध्यक्ष माधव नेपालसहित सम्पूर्ण नेताहरूलाई एमालेमै आउन आग्रह गरे । दाहाल गत स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुखका उम्मेदवार थिए । उनीसँगै अन्य नेता कार्यकर्तालाई वरिष्ठ उपाध्यक्ष पोखरेलले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक पद्धति र विधिको शासनप्रति अविचलित रहनू: ईश्वर पोखरेल
जबजमाथि पार्टीभित्रबाटै कटाक्ष र हमला भए : ईश्वर पोखरेल
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल