जनकपुरधाम । मधेस प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ को अनुसूचीमा हेरफेर गर्दै मन्त्रालयहरुको नाम समायोजन गरेको हो ।
सरकारले पहिले नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय तोकेको थियो । उक्त संख्या यथावत राख्दै मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कायम राखिएको छ ।
उद्योग, पर्यटन तथा वन मन्त्रालयको नाम परिवर्तन गरी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय राखिएको छ ।खानेपानी तथा उःर्जा विकास मन्त्रालयको नाम परिवर्तन गरी ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालय बनाइएको छ ।
गृह तथा सञ्चारमा कानून थपेर गृह, सञ्चार तथा कानून मन्त्रालय बनाइएको छ । उद्योगलाई हटाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।त्यस्तै सामाजिक विकास मन्त्रालयबाट शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ ।
अब महिला, बालवालिका तथा खेलकूद मन्त्रालय रहने छैन । उक्त मन्त्रालयको सट्टा श्रम तथा यातायात मन्त्रालय बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ