इँट्टा भट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १४ : ५६
इँट्टा भट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

सप्तरी । सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।मृत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए । मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो ।

प्रतिक्रिया दिनुहोस