काठमाडौँ । सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।
आज सत्ता गठबन्धनको बैठक बसेर सरकार विस्तारबारे सहमति गर्ने तयारी छ । सहमति भएमा भोली (बुधबार)सम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्ति भएको बताइएको छ ।
प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादी राख्ने सहमति भएको छ । कांग्रेसभित्र अर्थमन्त्रीका लागि डा. मतलाई नै अघि सार्ने निर्णय भएको स्रोतले जनाएको छ ।
अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थतन्त्रबारे राम्रो ज्ञान राख्ने नेतामा दरिन्छन् । संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने चुनौती सरकार सामु रहेका बेला सक्षम अर्थमन्त्रीको खोजी भइरहेको छ । डा. महत आउने भएपछि यसले पुँजी (शेयर) बजारमा समेत सकारात्मक प्रभाव पार्ने अड्कल भइरहेछ । सोही कारण लगातार घटेको शेयर बजार आज बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री