काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् ।
गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।
कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् ।प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १४ चैत्र २०७९, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता