मोरङमा महिलाको शंकास्पद मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, १९ : ४८
मोरङमा महिलाको शंकास्पद मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् ।  शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११:४० बजेतिर मृत फेला परेकी हुन् । घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले बलबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो ।घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर हत्या गरेजस्तो देखिएपछि घटनालाई शंकास्पद मानेर मृतकका पतिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन् । उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस