काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकमा ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछी उपसभापति पूर्ण बहादुर खड्काले ८ मन्त्रालयमा दाबी रहेको बताए ।
गठबन्धन दलमा कांग्रेसलाई ७ मन्त्रालय दिनेबारे छलफल चलेपनि पार्टीले ८ मन्त्रालयमा दाबी गरेको उनले बताए । बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा ब्रिफ गरेका थिए ।
यस्तै बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उमेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको र औपचारिक निर्णय भइनसकेको एक पदाधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटको संघारमा कांग्रेस ? गगन–विश्वप्रकाश अघि बढ्दा हंगामा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र