काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकमा ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछी उपसभापति पूर्ण बहादुर खड्काले ८ मन्त्रालयमा दाबी रहेको बताए ।
गठबन्धन दलमा कांग्रेसलाई ७ मन्त्रालय दिनेबारे छलफल चलेपनि पार्टीले ८ मन्त्रालयमा दाबी गरेको उनले बताए । बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा ब्रिफ गरेका थिए ।
यस्तै बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उमेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको र औपचारिक निर्णय भइनसकेको एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)