बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए । नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए । पार्टीको बैठक भन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उनले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए ।
अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेको भन्दै सरकारले जनतालाई राहतको महसुस गराउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनले मात्रै निकास दिँदैन, संरचनागत सुधारका लागि चुनावअघि नै राष्ट्रिय सहमति गरौँ: गगन थापा
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा