बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए । नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए । पार्टीको बैठक भन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उनले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए ।
अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेको भन्दै सरकारले जनतालाई राहतको महसुस गराउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा