काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग शनिबार शीतलनिवासमा भेट गर्दै राष्ट्रपति पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘८ कक्षा, एसएलसी उत्तीर्ण हुनासाथ काम गर्नुहुँदैन भन्ने भावनाको विकास भइरहेको छ,’ उनले भने, ‘श्रम गर्नु राम्रो हो, यसले तन र मन दुवैलाई स्वस्थ बनाउँछ भन्ने भावना विकास हुनेगरी सामुदायिक रेडियोले काम गर्नुपर्छ ।’
उनले देशका कुना कन्दरासम्म फैलिएर रहेका सामुदायिक रेडियोहरूले नागरिकको सूचनाको लागि महत्वपूर्ण काम गरिरहेको बताए । संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल