काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ ।
गत आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख १० हजार रुपैयाँ पुग्यो।
यस्तै, बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि प्रतितोला आठ सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ११ : १७
लेखकबाट थप