मोरङ । सुनसरीको धरानमा करिब १७५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
धरानको वडा नम्बर ४ मा पर्ने लोकमार्गमा प्रहरी चेकजाँचका क्रममा भारतीय स्कारपियोबाट ६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
बिहीबार बिहान करिब ३ बजे प्रहरीको चेकजाँच गर्ने स्थानभन्दा करिब ५ सय मिटर टाढाको दूरीमा भारतीय जीजे ०१ एसयु २४६१ नम्बरको स्कारपियो रोकिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ।
प्रारम्भिक अवस्थामा करिब ३ सय किलो बरामद गरिएको भनिए पनि तौल गर्दा १७५ किलो भेटिएको उनले जानकारी दिए। उनका अनुसार प्रहरी चेक देखेर चालक र अन्य गाडी छाडेर भागेको हुनसक्ने र उनीहरूको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु