मोरङ । सुनसरीको धरानमा करिब १७५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
धरानको वडा नम्बर ४ मा पर्ने लोकमार्गमा प्रहरी चेकजाँचका क्रममा भारतीय स्कारपियोबाट ६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
बिहीबार बिहान करिब ३ बजे प्रहरीको चेकजाँच गर्ने स्थानभन्दा करिब ५ सय मिटर टाढाको दूरीमा भारतीय जीजे ०१ एसयु २४६१ नम्बरको स्कारपियो रोकिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ।
प्रारम्भिक अवस्थामा करिब ३ सय किलो बरामद गरिएको भनिए पनि तौल गर्दा १७५ किलो भेटिएको उनले जानकारी दिए। उनका अनुसार प्रहरी चेक देखेर चालक र अन्य गाडी छाडेर भागेको हुनसक्ने र उनीहरूको खोजी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए