नयाँदिल्ली । राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ