नयाँदिल्ली । राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ