काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान अवस्था देखेर युवा पुस्ता आत्तिएको बताएका छन् । गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठीमा उनले २०६२ र ०६३ को जनआन्दोलनतका नागरिक भविष्य आशावादी भएपनि अहिले त्यो टुटेको बताएका हुन् ।
‘२०६२ र ०६३ को जनआन्दोलनअघि नागरिकमा आशा थियो । शान्ति सम्झौता हुन्छ र संविधान बन्छ । अनि उज्यालो आउँछ भन्थ्यौं । नागरिकलाई उत्साहित बनाएका थियौं,’ महामन्त्री थापाले भने, ‘एउटा भरोसा थियो । आज हामीले १० जना मान्छेलाई सोध्यो भने आजको अवस्था खतम छ भन्छ भन्छ । भोलिको बारेमा पनि १० का १० जनाले आशावादी छैन भन्छ । प्रत्येक मान्छे आत्तिएका छन् ।’
युवा पुस्ता अहिले ठाउँ छाडेर जाने चाहिरहेको भन्दै बस्नेहरु गल्ती गरियो कि भन्न थालेको उनको भनाइ छ । उनी भन्छन्, ‘आज हाम्रो सरकार छ । अहिले आशा दिलाउन सक्नुपर्छ । हाम्रा साथीहरु आज भोलि नै सरकारमा जाँदैछन् । प्रदेशमा पनि हाम्रो सरकार छ । ३ भन्दा बढी ठाउँमा हाम्रो स्थानीय सरकार छ ।’
अब कांग्रेसले कसैलाई दोष दिएर उम्किन नपाउने महामन्त्री थापाले बताए । ‘हिजो संसदमा हिसाब किताब भयो सकियो । बहुमतको हाम्रो सरकार बन्यो । हिजोबाट घडीको सुरु हिजोबाट चल्लन सुरु भएको छ जनताले हिसाब किताब राख्छ,’ उनले भने, ‘त्यो हिसाबमा हामी खरो उत्रिएर निराश भएको मान्छेको संख्या १० बाट १ मा पु¥याउन सक्यौं भने हामी सफल भयौं । आशा जगाउन सकेनौं । आजभन्दा भोलि राम्रो हुन्छ भन्ने आशा दिलाउन सकेनौं भने हामी असफल हुन्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन: गगन थापा
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
गगन थापाको अनुभूति : 'त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ'
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा