काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान अवस्था देखेर युवा पुस्ता आत्तिएको बताएका छन् । गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठीमा उनले २०६२ र ०६३ को जनआन्दोलनतका नागरिक भविष्य आशावादी भएपनि अहिले त्यो टुटेको बताएका हुन् ।
‘२०६२ र ०६३ को जनआन्दोलनअघि नागरिकमा आशा थियो । शान्ति सम्झौता हुन्छ र संविधान बन्छ । अनि उज्यालो आउँछ भन्थ्यौं । नागरिकलाई उत्साहित बनाएका थियौं,’ महामन्त्री थापाले भने, ‘एउटा भरोसा थियो । आज हामीले १० जना मान्छेलाई सोध्यो भने आजको अवस्था खतम छ भन्छ भन्छ । भोलिको बारेमा पनि १० का १० जनाले आशावादी छैन भन्छ । प्रत्येक मान्छे आत्तिएका छन् ।’
युवा पुस्ता अहिले ठाउँ छाडेर जाने चाहिरहेको भन्दै बस्नेहरु गल्ती गरियो कि भन्न थालेको उनको भनाइ छ । उनी भन्छन्, ‘आज हाम्रो सरकार छ । अहिले आशा दिलाउन सक्नुपर्छ । हाम्रा साथीहरु आज भोलि नै सरकारमा जाँदैछन् । प्रदेशमा पनि हाम्रो सरकार छ । ३ भन्दा बढी ठाउँमा हाम्रो स्थानीय सरकार छ ।’
अब कांग्रेसले कसैलाई दोष दिएर उम्किन नपाउने महामन्त्री थापाले बताए । ‘हिजो संसदमा हिसाब किताब भयो सकियो । बहुमतको हाम्रो सरकार बन्यो । हिजोबाट घडीको सुरु हिजोबाट चल्लन सुरु भएको छ जनताले हिसाब किताब राख्छ,’ उनले भने, ‘त्यो हिसाबमा हामी खरो उत्रिएर निराश भएको मान्छेको संख्या १० बाट १ मा पु¥याउन सक्यौं भने हामी सफल भयौं । आशा जगाउन सकेनौं । आजभन्दा भोलि राम्रो हुन्छ भन्ने आशा दिलाउन सकेनौं भने हामी असफल हुन्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी