काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ ।
दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कारोबार भएकोमध्ये आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६४ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको सेयर ४ करोड १४ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार