विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, ११ : १५
विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकारणले फागुन १६ गतेको निर्णय अनुसार ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ । सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ ।