काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस आर्थिक वर्षमा ५ अर्ब मात्रै ऋण लिने भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा नै १० अर्ब ऋण लिएर भुक्तानी गर्नु पर्ने ठाउँमा भुक्तानी गर्ने योजना बनाएको थियो । तर, समय अभावले गर्दा यस आर्थिक वर्षमा ५ अर्बमात्रै ऋण लिन लगेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हेतेन्द्रदेव शाक्यले १० अर्ब ऋण लिने फाइल ऊर्जा मन्त्रालयबाट स्वकृत भएर प्राधिकरण आएको र ऋण लिने प्रक्रिया अगाडि बढाएको बताए । यसभन्दा अघि नै अर्थ मन्त्रालयले प्राधिकरणलाई ऋण लिन स्वकृत दिएको थियो ।
शाक्यकले भने, ‘ऊर्जा मन्त्रालयबाट १० अर्ब ऋणका लागि स्वकृत पत्र आएको छ । हामीले ऋणका लागि प्रक्रिया पनि अघि बढाएका छौँ । सरकारको स्वामीत्व रहेको बैंकहरुबाट यस आर्थिक वर्षमा ५ अर्ब ऋण लिएर भुक्तानी गर्नु पर्ने ठाउँमा भुक्तानी गर्ने छौं । बाकीँ ५ अर्ब अर्को आर्थिक वर्षमा ऋण लिएर भुक्तानी दिने छौँ । अर्को वर्ष लिने ऋण निजी लगानीको बैंकबाट ऋण लिन्छौँ होला । प्राधिकरणले वन, ठेक्काको भुक्तानी र अन्य भुक्तानी गरेर करिब १४ अर्ब भुक्तानी दिनु पर्ने दायित्व रहेको छ ।’
प्राधिकरणको तालुकदार मन्त्रालय ऊर्जा भएर ऊर्जा मन्त्रालयले १० अर्ब ऋण लिने फाइल मन्त्रिपरिषद् लाने कि मन्त्रालयबाट नै स्वकृत गर्ने भनेर छलफल समेत गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता सगरराज गौतमले बताए ।
उनका अनुसार मन्त्री स्तरीय निर्णयबाट नै १० अर्ब ऋण लिन प्राधिकरणलाई स्वकृत दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १५ : ४६
लेखकबाट थप