काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउँदै छ।
रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
किसानहरूका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउनेगरी सबै प्रजिअलाई राप्रपाले भेट्न लागेको उनले बताए। ‘स्वदेशी उत्पादन वृद्धि गरौं, आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने पार्टीको नीति अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग