काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउँदै छ।
रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
किसानहरूका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउनेगरी सबै प्रजिअलाई राप्रपाले भेट्न लागेको उनले बताए। ‘स्वदेशी उत्पादन वृद्धि गरौं, आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने पार्टीको नीति अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज