काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाको स्वागत गरेको छ । एनआरएनएले आइतबार विज्ञप्तिमार्फत सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेको भन्दै स्वागत गरेको हो ।
‘वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेसँगै श्रमिकले गन्तव्य मुलुकस्थित दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै, दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानले नचाहँदा नचाहँदै स्वदेश फर्किनुपर्ने बाध्यता समेत हटेको छ । नेपाल सरकारको यस निर्णयले लाखौं श्रमिकमाझ खुशीको सञ्चार गरेको छ ।’
विशेषतः युरोपेली मुलुक, जापान र परम्परागत खाडी र मलेसिया जाने कामदारलाई सरकारको यस निर्णयले प्रत्यक्ष लाभ पुग्ने विश्वास एनआरएनएको छ । ‘श्रम स्वीकृति नभएका बेला भवितव्य परी मृत्यु भएका श्रमिकका परिवारले कानूनतस् पाउने राहत, उद्धार लगायतका सुविधा समेत प्राप्त गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारको यस निर्णयले अब उपरान्त कानून बमोजिमका सम्पूर्ण सेवा सुविधा पाउने बाटो समेत खुला गरेको छ’, एनआरएनएले भनेको छ ।
यसबाट रोजगारीका क्रममा मृत्युवरण गरेका सयौं श्रमिकको शव व्यवस्थापनदेखि श्रम स्वीकृति नभएकै कारण मृतकका परिवारले पाउने राहत तथा सेवा सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुने एनआरएनएको भनाइ छ । साथै, श्रम सम्झौता नवीकरण नगरेकै कारण अवैध र अलपत्र हुने क्रम पनि न्यूनीकरण हुने एनआरएनएको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय