जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस ९राराब०मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।
आइतबार बिहान ८ बजेदेखि राराब क्याम्पसमा मतदान सुरु भएको हो। निर्वाचनमा सुरक्षा व्यवस्था कडा गरिएको छ भने मतदानका लागि ६ वटा वुथको व्यवस्थापन गरिएको छ।
राराब क्याम्पसमा ७ हजार २१५ जना मतदाता रहेको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिए। उनले अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र मतदान सकेपछि उम्मेदवारहरूसँग छलफल गरेर मतगणना सुरु गरिने बताए।
राराब क्याम्पसमा विभिन्न प्यानलबाट ६ जना सभापतिका उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान