जनकपुर राराबमा शान्तिपूर्ण तरिकाले मतदान हुँदै, सभापतिका ६ जना उम्मेदवार

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, ११ : १८
जनकपुर राराबमा शान्तिपूर्ण तरिकाले मतदान हुँदै, सभापतिका ६ जना उम्मेदवार

जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस ९राराब०मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।

आइतबार बिहान ८ बजेदेखि राराब क्याम्पसमा मतदान सुरु भएको हो। निर्वाचनमा सुरक्षा व्यवस्था कडा गरिएको छ भने मतदानका लागि ६ वटा वुथको व्यवस्थापन गरिएको छ।

राराब क्याम्पसमा ७ हजार २१५ जना मतदाता रहेको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिए। उनले अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र मतदान सकेपछि उम्मेदवारहरूसँग छलफल गरेर मतगणना सुरु गरिने बताए।

राराब क्याम्पसमा विभिन्न प्यानलबाट ६ जना सभापतिका उम्मेदवार हुन्।