काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बैठक बस्ने लागेको हो ।आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि अनजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बैठक बस्ने छ ।
कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकबाट सरकारमा जाने निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने महामन्त्री थापाको भनाइ छ ।
गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो। राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएर एमाले प्रतिपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिताए बोलाएर एमालेले समर्थन पनि फिर्ता लिसकेको छ । आजको संसद बैठकमा कांंग्रेस सत्ता पक्षको बेन्चमा बस्दा एमाले विपक्षी बेन्चमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौँ’ : काँग्रेस
मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा काँग्रेसलाई चुनौती पर्न सक्ने निष्कर्ष
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु
कांग्रेस पदाधिकारी बैठक बस्दै