च्याम्पियन्स लिगको अन्तिम ८ : रियलसँग चेल्सी र बायर्नसँग सिटी खेल्ने

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, १४ : १०
च्याम्पियन्स लिगको अन्तिम ८ : रियलसँग चेल्सी र बायर्नसँग सिटी खेल्ने

काठमाडाैं।  च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। जसअनुसार साविक विजेता स्पेनी क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।यी २ बीच पहिलो लेग रियलको मैदानमा अप्रिल १३ र १९ अप्रिलमा र दोस्रो लेग चेल्सीको मैदानमा हुनेछ ।

रियल सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिग जित्ने टीम हो । चेल्सीले भने हालसम्म २ वटा मात्र च्याम्पियन्स लिगको टाइटल जितेको छ। त्यस्तै जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले भने अहिलेसम्म च्याम्पियन्सको उपाधि जित्न सकेको छैन । 

१२ अप्रिलमा सिटीको मैदानमा बार्यनले प्रतिस्पर्धा गर्नेछ भने २० अप्रिलमा सिटी बार्यन पुग्नेछ । त्यस्तै क्वाटरफाइनलमा नापोली र एसी मिलान, बेन्फिका र इन्टर मिलानबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस